दफा १०
उम्मेदवार हुनको लागि अयोग्यता
(१) देहायका व्यक्तिहरू निजामती सेवाको पदमा उम्मेदवार हुन
सक्ने छैनन्ः–
(क) राजपत्र अनंकित र श्रेणीविहीन पदमा १८ वर्ष उमेर पूरा नभएका,
(ख) राजपत्रांकित पदमा २१ वर्ष उमेर पूरा नभएका,
(ग) पुरुष उम्मेदवारको हकमा पैंतीस वर्ष र महिला उम्मेदवारको हकमा चालीस वर्ष उमेर पूरा भइसकेका,
तर,
(१) भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको निजामती सेवाको पदमा चालीस वर्ष ननाघेका जुनसुकै व्यक्ति उम्मेदवार हुन
सक्नेछन्।
(२) राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको खुल्ला प्रतियोगितामा पैंतालीस वर्ष ननाघेका व्यक्ति उम्मेदवार हुन सक्नेछन्।
(३) निजामती सेवाका स्थायी बहालवाला कर्मचारीको हकमा उम्मेदवारको हद लाग्ने छैन ।
(४) दफा ७ को उपदफा (८) बमोजिम तोकिएका अपाङ्गता भएका ब्यक्तिहरु चालीस वर्षको उमेरसम्म उम्मेदवार हुन सक्नेछन्।
(घ) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गरिएका,
(ङ) गैरनेपाली नागरिक,
(च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको।
(२) नेपाल सरकारको विकास आयोजनाको वा विकासतर्फको कुनै पदमा कम्तीमा पाँच वर्षदेखि अस्थायी नियुक्ति पाई अविच्छिन्न रूपमा सेवा गरिरहेका महिला कर्मचारीको हकमा खुल्ला प्रतियोगिताको लागि हुने लोकसेवा आयोगको विज्ञापनमा उम्मेदवार हुन उमेरको बन्देज लाग्ने छैन ।